नियम ६ख
अन्तशुल्क निर्धारण आदेशको सूचना पठाउने कार्यविधि
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि अन्तशुल्क अधिकृतले इजाजतपत्रवालालाई नियम ६क. बमोजिम अन्तशुल्क निर्धारण आदेशको सूचना पठाउँदा निजलाई बुझाउन वा त्यस्तो व्यक्तिको ठेगानामा राखिएको टेलिफ्याक्स, टेलेक्स वा त्यस्तै विद्युतीय उपकरण मार्फत पठाउन वा निजको कार्यालयमा बुझाउन वा निजको ठेगानामा रजिष्ट्री गरी हुलाक मार्फत पठाइ तामेल गर्न सकिनेछ । त्यसरी तामेल गरिएको सूचना रीतपूर्वक तामेल
भएको मानिनेछ ।
(२) उपनियम (१) बमोजिम अन्तशुल्क निर्धारण आदेशको सूचना तामेल हुन नसकेमा अन्तशुल्क अधिकृतले सम्बन्धित व्यक्तिलाई रेडियो, टेलिभिजन वा राष्ट्रियस्तरको कुनै पत्रपत्रिकामा तत्सम्बन्धी आदेशको सूचना प्रशारण वा प्रकाशन गरी जानकारी गराउन सक्नेछ र यसरी सूचना प्रसारण वा प्रकाशन गरिएकोमा सम्बन्धित व्यक्तिले त्यस्तो सूचना प्राप्त गरेको मानिनेछ ।